उत्तर प्रदेश । चितुवाले भैँसीको खोरमा पसेर बाछोलाई आक्रमण गर्न खोज्दा भैँसीहरूको सामूहिक आक्रमणमा परेर चितुवाको मृत्यु भएको छ। घटना शनिबार राति मुसाफिरखाना प्रहरी चौकी क्षेत्र अन्तर्गत भैंदपुरमा भएको हो।
यसअघि सोही चितुवाले पाँच जनालाई आक्रमण गरी घाइते बनाएकोले गाउँमा त्रास फैलिएको थियो। चितुवा मरेपछि स्थानीयवासीले राहत महसुस गरेका छन्।
जिल्ला अधिकारी संजय चौहानका अनुसार वन विभाग, प्रहरी, र प्रशासनले चितुवा नियन्त्रणका लागि पिंजडा, ड्रोन र पीएसी बल समेत परिचालन गरेका थिए।
एजेन्सी
Comment