काठमाडौं । युरोपको सबैभन्दा ठूलो र प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप २०२५ का लागि नेपाली रेफ्री लक्ष्मी श्रेष्ठ पुन: छनोट भएकी छिन्। यसपटक उनी चौथो पटक अन्तर्राष्ट्रिय स्तरको यस प्रतिष्ठित प्रतियोगितामा रेफ्रीको रूपमा प्रतिनिधित्व गर्न जाँदैछिन्।
डेनमार्कको हुजोङ शहरमा प्रत्येक वर्ष आयोजना हुने डाना कप विश्वभरका युवा खेलाडीहरूको सहभागितामा हुने प्रतियोगिता हो, जहाँ सयौं टिमले प्रतिस्पर्धा गर्छन्। उत्कृष्ट व्यवस्थापन र अन्तर्राष्ट्रिय मान्यतासहितको रेफ्रीिङ संरचनाका कारण यो प्रतियोगिता रेफ्रीहरूको लागि पनि एउटा अवसरको मञ्चका रूपमा लिइन्छ।
Comment