काठमाडौं। गायक दुर्गेश थापाले आफ्नो गीत ‘दुश्मन हेरेको हेर्यै’ ले पाँच महिनामा १० करोड भ्युज पार गरेपछि बधाई दिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत थापालाई बधाई दिँदै नयाँ पुस्ताले गीत–संगीतमा देखाएको रुचिको प्रशंसा गरेका थिए। सो पोस्टलाई शेयर गर्दै थापाले प्रधानमन्त्रीको शब्दले आफूलाई भावुक बनाएको र यसले आफ्नो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपेको बताएका छन्।
थापाले प्रधानमन्त्रीको समर्थन सिर्जनशील पुस्ताका लागि गर्वको विषय भएको भन्दै दर्शक–श्रोताप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्।
Comment