एसइईको नतिजा असार तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साताभित्र प्रकाशन गर्ने भएको छ ।

विद्यालय तहका शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाई भएकाले नतिजा गत वर्षभन्दा केही दिन ढिलो हुन लागेको हो ।

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) डा। गणेश भट्टराईका अनुसार अहिले अघिकांश जिल्लाबाट उत्तरपुस्तिका परीक्षण सम्पन्न भएर प्राप्ताङ्क केन्द्रमा आइसकेको छ । परीक्षार्थीको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गर्ने काम भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।