काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २९ सय रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेको छ । यससँगै चाँदी आज तोलामा २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा चाँदी १ हजार ९९० रुपैयाँ कायम भएको थियो।
Comment