काठमाडौं । गृह मन्त्रालयले २८ एसएसपीको सरुवा गरेको छ ।
डीआईजी बढुवाका कारण रिक्त र न्युनतम कार्य अवधि पुगेका एसएसपीको सरुवा भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा नवराज अधिकारी सरुवा भएका छन् । त्यहाँका प्रमुख विनोद घिमिरे डीआईजी बढुवा भई आईजी सचिवालयमा पदस्थापित भएका थिए ।
मानव बेचबिखन अनुसन्धान व्युरोको प्रमुखमा कृष्णप्रसाद पंगेनी, लागुऔषध नियन्त्रण व्युरोमा कृष्णप्रसाद कोइराला र नयाँ दिल्लीस्थित नेपाली दूतावासको काउन्सिलरमा प्रकाश मल्ल सरुवा भएका छन् ।





Comment