मन्त्रिपरिषद वैठकबाट बजेट अनुमोदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट मन्त्रिपरिषद्को बैठकमार्फत अनुमोदन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तयार पारिएको बजेटलाई बिहीबार बसेको क्याबिनेट बैठकले स्वीकृति दिएको हो।

बजेट पारित भएसँगै अर्थमन्त्री पौडेलले अब संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्। संसदको संयुक्त बैठक आज दिउँसो ३ बजेका लागि निर्धारण गरिएको छ।

सरकारको प्राथमिकता, आर्थिक वृद्धिको मार्गचित्र, सामाजिक सुरक्षाबाट पूर्वाधारसम्मका कार्यक्रम समेटिएको बजेटले आर्थिक पुनरुत्थान र सुशासनलाई मुख्य एजेन्डा बनाएको बताइएको छ। बजेटमार्फत कर्मचारी तलब वृद्धि, कृषि प्रवर्द्धन, उद्योग विस्तार र रोजगारी सिर्जनालाई विशेष जोड दिइने संकेत अर्थ मन्त्रालयले दिएको छ।

संघीय संसदमा बजेट प्रस्तुत भएपछि सार्वजनिक रूपमै बजेटका पूर्ण विवरणहरू सार्वजनिक गरिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।