काठमाडौं । दुई वर्षयता शिथिल भएको कोरोना भाइरस पुनः सक्रिय हुन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतको १६ राज्यहरूमा कोभिड-१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ । यो संक्रमण त्यति धेरै जोखिमयुक्त रहेको छैन। मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित केरल राज्यमा देखा परेका छन् । जहाँ ४०३ जना सक्रिय संक्रमित छन् ।
यसै गरी महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७ जना संक्रमित फेला परेका छन् । उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगलामा १२, हरियाणामा र पुडुचेरीमा ९र९, आंध्रप्रदेशमा ४, मध्यप्रदेशमा २, तेलंगाना, गोवा र छत्तिसगढमा १र१ जना संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सीमा जोडिएको भारतका विभिन्न राज्यमा कोरोना फैलिएपछि यसको असर नेपालमा पनि पर्ने देखिन्छ । समयमै यसतर्फ सचेत रहनुपर्ने आवश्यकता छ ।
Comment