काठमाडौं । भक्तपुरमा एक महिला मृत भेटिएकी छन्। सूर्यविनायक नगरपालिका-३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत भेटिएकी हुन्।
बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महत्तोको घरमा डेरा गरी बस्ने शाही आइतबार दिउँसो पौने दुई बजे कोठाभित्र मृत भेटिएको हो। शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ ।
शाही पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएकाे बलात्कार प्रकरणकी पीडित हुन् । पछि महराले यसमा सफाइ पाएका थिए ।
Comment