काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौंमा जनता परिचालन गर्ने बताएका छन् ।
नेकपा एमालेका बागमती प्रदेशका वडा अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गतेको तयारी थाल्न निर्देशन दिएका हुन । पार्टीले निर्देशन पछि दिने भन्दै बागमतीका ३५९ वडाका जनता परिचालन गर्न समेत निर्देशन दिए ।
उनले भने- ‘पार्टीको निर्देशन पछि आउछ, जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नु होला, जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ, कसरी कुन संस्थाले अगाडी लाग्छ, आयोजना गर्छ त्यो छोडिदिनुस् ।’ उनले सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको समेत बताए । “सरकार अलि मौन बसेको, जनता चुप मौन बसेको अवस्था लिएर फुर्तिफार्ती देखाएका छन् । यी अक्षता मन्छाउने हुन्, ठ्ङ्यारो लिएर एमाले मैदानमा उत्रिएपछि यी कताकता पुग्छन्,” उनी भन्छन् ।
Comment