कर्मचारीले गल्ती गर्दा गृहमन्त्रीको राजीनामा माग्नु गलत : कृष्णप्रसाद सिटौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकको राजीनामा मागिनु उचित नभएको टिप्पणी गरेका छन्।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै सिटौलाले भने, “कुनै कार्यालयको कर्मचारीले गल्ती गरे जवाफदेही हुँदासमेत शीर्षस्थले पदछाड्नुपर्ने होइन,” उनले भने।

सहसचिव भट्टराईमाथि अवैध ‘भिजिट भिसा’ कारोबारको आरोप लागे पनि त्यसबारे मन्त्रालयको सचिवालयकै सबै सदस्यलाई ठहर गर्न नमिल्ने सिटौलाको तर्क छ। यसअघि सांसद डा. शेखर कोइरालाले लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।