नेपालमा छिट्टै मनसुन भित्रिने, यस वर्ष औसतभन्दा अधिक वर्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यस वर्ष नेपालमा पनि छिट्टै मनसुन भित्रिने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । भारतमा सरदरभन्दा एक हप्ता अघि नै मनसुन प्रवेश गरेपछि नेपालमा पनि मनसुन भित्रिन ढिलो नहुने अनुमान गरेका हुन् । भारतको केरलामा सामान्यतया १ जुनमा र नेपालमा १३ जुनमा मनसुन भित्रिने गर्दछ । तर यस वर्षको मनसुन भारतमा २४ मे अर्थात् जेठ १० गते नै भित्रिएको छ । भारतको मौसम विभागले मनसुन भारतको केरलामा प्रवेश गरेको र राजधानी नयाँदिल्लीसहितका विभिन्न ठाउँमा भारी वर्षा भएको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले गत वर्षजस्तै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ । विभागले बुधबार ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने जनाएको हो । विभागका अनुसार यस वर्ष प्रि मनसुन सिजनमा सरदरभन्दा बढी वर्षा भइसकेको छ ।

यसअघि भारतको पुणेमा अप्रिल २८ देखि ३० सम्म आयोजित दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) बैठकले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानिस्तान र म्यानमारमा यस वर्षको मनसुनको सम्भावित अवस्था सार्वजनिक गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।