फ्राइडे रिलिज ‘नरसिंहा अबतार’, ८ वर्षपछि राजेश हमालको कमब्याक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एउटा नेपाली चलचित्र प्रदर्शनमा आएको छ । राजेश हमाल मुख्य भूमिकामा रहेको चलचित्र ‘नरसिंहा अबतार’ आजबाट प्रदर्शनमा आएको हो ।

राजेश हमालको यो आठ वर्षपछिको कमब्याक हो । राजेश आठ वर्षपछि फिचर फिल्ममार्फत अभिनयमा फर्किएका हुन् । फिल्ममा राजेशका साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायत कलाकारहरूको अभिनय छ।

राजु विक्रम थापाको छायांकन रहेको फिल्ममा चन्द्र पन्तको कथा, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ। पोस्टरको डिजाइन भने राकेश दाहालले गरेका हुन्। फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।