इमानदार सेवा र समन्वयमा अब्बल: प्रहरी जवान राईलाई विशेष सम्मान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । यातायात व्यवस्था विभाग, मीनभवन काठमाडौँमा कार्यरत प्रहरी जवान नरेश याम्फु राईलाई २०८२ साल बैशाख महिनाको “महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको छ।

गौशाला ट्राफिक प्रहरी प्रभागबाट दरबन्दी भई विभागमा खटिनुभएका राईले आफ्नो कार्यक्षेत्रमा उल्लेखनीय जिम्मेवारी तथा प्रभावकारी समन्वयको भूमिका निर्वाह गर्दै ट्राफिक प्रहरी संगठनको छवि उजागर गरेका छन्।

प्रहरी जवान राईले यातायात व्यवस्था विभाग मीनभवन र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथबीचको अन्तरसम्बन्धलाई मजबुत बनाउन सक्रिय भूमिका खेलेका छन्। सेवाग्राहीहरूलाई सहज पहुँच प्रदान गर्न, बिचौलियाको प्रभाव न्यूनिकरण गर्न, र विभागीय अनुगमन कार्यलाई प्रभावकारी बनाउने काममा उहाँको योगदान प्रशंसनीय रहेको छ।

त्यस्तै, ‘हिट एण्ड रन’ (दुर्घटना गरेर फरार) घटनामा संलग्न सवारी चालकको खोजतलास, नक्कली लाइसेन्स छानबिन, र आवश्यक अभिलेख (ढड्डा) तुरुन्तै परीक्षण गरी कारबाहीको प्रक्रिया सहज र प्रभावकारी बनाउने कार्यमा समेत उहाँको सक्रियता देखिएको छ।

विभागीय नीति, निर्देशन, अर्डर तथा आदेशहरूको अक्षरशः पालना गर्दै उच्च व्यावसायिकता प्रदर्शन गरेका प्रहरी जवान राईको कार्यको मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो।

यस सम्मानबाट अन्य ट्राफिक प्रहरीहरूलाई पनि कर्तव्यनिष्ठ कार्यप्रति प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।