ललितपुरकी एक युवतीको अस्ट्रेलियामा मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन ।   अस्ट्रेलियामा एक नेपाली युवतीको मृत्यु भएको छ ।

अध्ययनको लागि सिड्नीमा बस्दै आएकी रमिला महर्जनको मृत्यु भएको हो ।

दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महालक्ष्मी नगरपालिका सानागाउँकी रमिला महर्जनको ब्रेन ट्युमरका कारण मृत्यु भएको हो ।

उनलाई केहि समयअघि ब्रेन ट्युमर देखिएको थियो । उपचारकै क्रममा उनको सोमबार मृत्यु भएको परिवारले जनाएको छ ।

नेपालस्थित पारिवारिक स्रोतले रमिलाको सोमबार नै अस्ट्रेलियामा दाहसंस्कार गरिएको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।