कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार कोरोना संक्रमणबाट काठमाडौंमा तीन सहित थप ९ जनाको मृत्यु हो ।

उनका अनुसार मोरङकी ४३, मकवानपुरकी ५२ र नवलपरासीकी ३७ वर्षीया महिला तथा पर्साका ७५, महोत्तरीको ७८, काठमाडौंका ४१, ५९, ४५ र रुपन्देहीको ४० वर्षीया पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २८० पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।