काठमाडौं उपत्यकाका यी स्थानमा शनिबार विद्युत नआउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शनिबार काठमाडौंका विभिन्न ठाउँमा बत्ती जाने भएको छ ।

विद्यु्त् प्राधिकरणको अनुसार काठमाडौंको बालाजू वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली हुने छैन।

ती स्थानहरुमा बनस्थली, गंगाहल, माछापोखरी, बालाजू बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजू, लोकतान्त्रिक चोक, इन्द्रायणी पुलगायतका क्षेत्र रहेका छन् ।

त्यस क्षेत्रमा विद्युत् आपूर्ति गर्ने विष्णुमती फिडर भित्रको ११ केभी लाइन रिङरोड एरियामा सार्नु पर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्नु परेको केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए। तोकिएको समय अघि नै काम सकिएमा तुरुन्त विद्युत आपूर्ति सुचारु गरिने रेग्मीले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।