राप्रपालाई सरकारको चेतावनी : निषेधित क्षेत्र तोड्ने प्रयास नगर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  गृह मन्त्रालयले संविधान र कानुनको उल्लंघन गर्ने तथा समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले **राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)**ले निषेधित क्षेत्र तोड्ने भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन हुने खालका गतिविधिमा संलग्न जो-कोहीलाई कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

विज्ञप्तिमा मन्त्रालयले भनेको छ, “समाजमा हिंसा र अराजकता फैलाउने, जनजीवन प्रभावित पार्ने, शान्ति सुरक्षामा असर पुर्‍याउने उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैमा आग्रह गरिन्छ।”

गृह मन्त्रालयले शान्तिपूर्ण विरोधको अधिकार संविधानले दिए पनि कानूनको दायरा बाहिर गएर हुने कुनै पनि क्रियाकलापलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।