प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न सर्कुलर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले हालको अवस्था मध्यनजर गर्दै मातहतका कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको राजीनामा सिफारिस तथा स्वीकृत नगर्न सर्कुलर जारी गरेको छ।

बिहीबार जारी सर्कुलरमा अर्को आदेश नभएसम्म अति आवश्यक बाहेक राजीनामा नस्वीकृत गर्न निर्देशन दिइएको हो।

प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार आन्दोलन लगायत परिस्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। पछिल्लो समय प्रहरी विधेयकमा सुविधा कटौती हुने हल्लासँगै राजीनामाको क्रम बढेपछि सर्कुलर जारी गरिएको बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।