प्रधानमन्त्रीलाई लिङ्देनको चेतावनी: “नसुध्रिए बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौँ”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चेतावनी दिएका छन्। मंगलबार काठमाडौंको बल्खुमा आयोजित बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले सरकारले निरन्तर अटेरी गरे बालुवाटार घेराबन्दी गरेर “भातपानी बन्द” गर्ने चेतावनी दिएका हुन्।

“भृकुटीमण्डपमा आन्दोलन गर्दा ढल्ने कस्तो गणतन्त्र? हामीले चारैतिर छेकेर आन्दोलन गरे के हुन्छ?” उनले प्रश्न गर्दै भने, “यदि तपाईंहरू नसुध्रिने हो भने हामी बालुवाटारलाई घेरेर भातपानी बन्द गरिदिन सक्छौँ।”

लिङ्देनले सरकार र सत्तारूढ दललाई राप्रपालाई कमजोर नठान्न पनि आग्रह गरे। उनले भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिएको घटनालाई लिएर सरकार आफैं आत्तिएको टिप्पणी गर्दै लोकतान्त्रिक अधिकार कुण्ठित गर्न खोजिएको आरोप लगाए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।