राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेरिन्छ: ज्ञानेन्द्र शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी दिएका छन्।

मंगलबार काठमाडौंको बल्खुमा आयोजित पार्टीको बृहत् प्रदर्शनमा बोल्दै उनले आफ्ना नेताहरूलाई झूटा मुद्दा लगाएर थुन्ने प्रयास भइरहेको भन्दै यस्तो चेतावनी दिएका हुन्।

तीनकुनेमा चैत १५ गतेको प्रदर्शनका क्रममा हिंसाको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई तत्काल रिहा गर्न शाहीले माग गरे।

उनले गणतन्त्रको १६ वर्षमा १४ सरकार, १ हजार मन्त्री, ३ हजार सांसद र ३१ मुख्यमन्त्री हुँदा पनि जनताका लागि केही नगरेको आरोप लगाए। “राजाले २५ वटा अस्पताल बनाएका थिए, यिनीहरूले के बनाए?” उनले प्रश्न गरे।

शाहीले गणतन्त्रले आर्थिक प्रगति होइन, भ्रष्टाचार र लुटतन्त्र बढाएको आरोप पनि लगाए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।