म्यानमारका भूकम्प पीडितलाई नेपालले सहयोग पठाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले म्यानमारमा हालै गएको भूकम्पबाट प्रभावितहरूलाई राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले म्यानमारका पीडितहरूको सहयोगका लागि तत्काल राहत पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

मन्त्री गुरुङका अनुसार, भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको म्यानमारलाई मानवीय सहायताको रूपमा आवश्यक राहत सामग्री पठाइनेछ।

म्यानमारमा गएको भूकम्पको क्षतिको पूर्ण विवरण अझै प्राप्त भइनसके पनि नेपालले प्रारम्भिक सहयोगको प्रतिबद्धता जनाएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।