त्रिविका उपकुलपति बरालले दिए पदबाट राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले पदबाट राजीनामा दिएका छन्।

उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन्।

स्वास्थ्यका कारण राजीनामा दिएको बताए पनि उनले विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेपप्रति पटक–पटक असन्तुष्टि जनाउँदै आएका थिए।

राजनीतिक हस्तक्षेपले गर्दा विश्वविद्यालयमा शैक्षिक वातावरणमै असर परेको उनी बताउँदै आएका थिए।

नेकपा (माओवादी केन्द्र)निकट उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० फागुन १० गते त्रिविको उपकुलपतिमा नियुक्त गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।