दुर्गा प्रसाईंले भने- पक्राउ गर्न प्रहरी आइरहनु पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राजसंस्था पुनर्स्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईंले आफूलाई पक्राउ गर्न प्रहरी बारम्बार आउनु नपर्ने बताएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेको सूचना पाएको उल्लेख गर्दै आफू स्वयम् हाजिर हुन तयार रहेको बताएका हुन्।

प्रसाईंले स्टाटसमा लेखेका छन्, “मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु। अब म थुनिएर आन्दोलन रोकिदैन किनकि दुर्गा अब व्यक्ती हैन, विचार हो, अभियान हो।”

उनले आजको आन्दोलनका क्रममा एक युवाको हत्या नेपाल सरकारले गरेको आरोप पनि लगाए। प्रसाईंका अनुसार आन्दोलनका क्रममा उत्पन्न अप्रिय अवस्था सरकारकै दमनको परिणाम हो। उनले भने, “हामी वैदिक विधिपूर्वक पूजा अर्चना गरेर आमाको आशीर्वाद लिएर शान्तिपूर्ण रूपमा कार्यक्रम स्थल पुग्दा अश्रु ग्यास प्रहार भैरहेको थियो। त्यो देखेपछि कुन नेपालीको रगत न उम्लदो हो?”

प्रसाईंले आफूहरू तोडफोड गर्न वा आगजनी गर्न नभई शान्तिपूर्ण सभा र आन्दोलनमा सहभागी हुन गएका थिए भन्ने दाबी गरे। उनले सरकारको दमनकै कारण अप्रिय अवस्था सिर्जना भएको भन्दै त्यसको क्षतिपूर्ति सरकारले नै व्यहोर्नुपर्ने बताएका छन्।

यसअघि तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको थियो भने कयौं घर तथा गाडीमा आगजनी गरिएको थियो। केही पसलहरूमा लुटपाटसमेत भएको जानकारी प्राप्त भएको छ। राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने सेनासहितको सुरक्षाकर्मी परिचालन गरेर स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।