मदन भण्डारीको भनाइ सत्य साबित भयो : दुर्गा प्रसाईं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जननेता मदन भण्डारीको भनाइ आज सत्य साबित भएको दाबी गरेका छन्। शुक्रबारको प्रदर्शनमा जानुअघि सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै प्रसाईँले भण्डारीको भनाइ अहिलेको परिस्थितिमा ठ्याक्कै मिलेको बताएका हुन्।

प्रसाईँले भने, ‘२०७९ साल फागुन १५ मा श्री पाँच महाराजाधिराजको हातबाट दियो बालेको थिएँ। त्यो दियो आज काठमाडौंमा ज्वालाको रूपमा बज्रिँदै छ। आज जनविद्रोहको घोषणा गर्दा मैले मदन भण्डारीलाई सम्झेँ।’

उनले मदन भण्डारीको भनाइलाई उद्धृत गर्दै भने, ‘देशमा एउटा राजा रहन रहनले केही अर्थ लाग्दैन, तर सामन्तवादको अवशेषहरू धेरै रहे भने त्यसले देशलाई उजाड बनाउँछ भनेका थिए। आज ठ्याक्कै त्यही भएको छ।’

प्रसाईँले जनविद्रोहको घोषणा गर्दै काठमाडौंमा उर्लिएको जनसागरलाई समर्थन व्यक्त गरेका छन्। उनले वर्तमान राजनीतिक अवस्थाप्रति आक्रोश व्यक्त गर्दै जनताको आवाज बुलन्द गर्ने अठोट लिएका छन्।

उनको भिडियो सन्देश अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने राजनीतिक वृत्तमा पनि चर्चाको विषय बनेको छ। प्रसाईँको भनाइप्रति विभिन्न प्रतिक्रिया आइरहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।