वीर अस्पतालका डाक्टर नर्ससहित थप १३ जनामा कोरोना संक्रमण , ओपीडी सेवा बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वीर अस्पतालका डाक्टर, नर्ससहित थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार गरिएको परीक्षण नर्ससहित थप १३ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए। योसँगै वीर अस्पतालमा अहिलेसम्म कोरोना संक्रमित हुने संख्या ७१ पुगेको छ।

डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालको ओपीडी सेवादेखि दुई दिनसम्मका लागि बन्द गरिएको छ।

अस्पतालले सूचना जारी गरेर बुधबार र बिहीबार ओपीडी सेवा बन्द गरिएको जानकारी दिएको हो।

अस्तपालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीका अनुसार मंगलबारसम्म डाक्टर, नर्स, फार्मेसीमा कार्यरत र सफाइकर्मी गरी ७१ कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

तर आकस्मिक सेवा, फेभर क्लिनिक, आइसीयू, इन्डोर सेवा, पीसीआर ल्याब र प्रशासनका सेवाहरु भने खुला रहने अस्पतालले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।