गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवसमा रवीन्द्र मिश्रको आलोचनात्मक टिप्पणी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।   नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवसका अवसरमा विभिन्न नेताहरूले उनलाई सम्झिरहेका छन्। यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कोइरालाप्रति आलोचनात्मक टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा कोइरालाको तस्वीरसहित मिश्रले लेखेका छन्, “नारायणहिटी दरबार भत्काएर विदेशी दरबार निर्माण गर्ने नेता।” उनले कोइरालाले बहुदलीय प्रजातन्त्रलाई षड्यन्त्र, नातावाद, कृपावाद, असक्षमता र भ्रष्टाचारले कमजोर बनाएको आरोप पनि लगाए।

मिश्रले कोइरालालाई ‘बीपीपथलाई जीपीपथमा झारेर प्रचण्डपथमा विलय गराउने’, ‘प्रचण्डलाई पहिलो राष्ट्रपति बनाउने ललिपपमा फसेको’ तथा ‘रिसको सुरमा दीर्घकालीन राष्ट्रिय हितमा घात गर्ने’ नेताका रूपमा चित्रण गरेका छन्।

उनले कोइरालाको कार्यकालमा न्यायालय, प्रशासन, शिक्षा र समाजलाई दलीयकरण गरिएको तथा सरकारी उद्योगहरूलाई अव्यवस्थित रूपमा निजीकरण गरिँदा ध्वस्त पारिएको आरोप समेत लगाए।

यस प्रकारका मिश्रका भनाइहरू सामाजिक सञ्जालमा व्यापक छलफलको विषय बनेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।