प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान कांग्रेस, माओवादी र एमालेलाई शाहीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले कांग्रेस, माओवादी र एमालेलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रणाली अवलम्बन गर्न चुनौती दिएका छन्।

बिहीबार मकवानपुरको थाहा नगरपालिका शिखरकोटमा आयोजित दोस्रो थाहा नगर अधिवेशनलाई सम्बोधन गर्दै शाहीले वर्तमान व्यवस्थाले देशलाई बर्बादीको दिशामा लगेको बताउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थामा जानुपर्ने आवश्यकता औंल्याए।

“तपाईंहरूसँग दुई-तिहाइको बहुमत छ। यदि देश बनाउने हिम्मत र इच्छा छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउने व्यवस्था ल्याउनुहोस्, हामी समर्थन गर्छौं। अनि चुनाव लडेर आऔं, जितौं,” शाहीले भने। उनले वर्तमान प्रणालीमा नेताहरू आफैं मन्त्री र प्रधानमन्त्री हुने प्रणाली असफल भइसकेको जिकिर गरे।

कार्यक्रमका क्रममा १,१०० जनाले नेकपा माओवादी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।