पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दु उडान हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक चीनको छेन्दुसम्म व्यावसायिक चार्टर्ड उडान यही चैत ५ गते हुने भएको छ। नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलाइन्स, पोखरा पर्यटन परिषद् र निजी क्षेत्रको सहकार्यमा उक्त उडान गर्न लागिएको हो।

उडानमार्फत १२७ जना चिनियाँ पर्यटक पोखरा आउनेछन्, भने सोही दिन १२७ जना पर्यटन व्यवसायी चीन प्रस्थान गर्नेछन्। पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्न निरन्तर प्रयास जारी रहेको पोखरा पर्यटन परिषद्ले जनाएको छ।

यो चार्टर्ड उडानले पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।