नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल प्रहरीका ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय मानव श्रोत एवम् प्रशासन विभागले ७२ जनाको सरुवा गरेको हो।

भदौ महिनादेखिको तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट लिने गरेर उनीहरुको सरुवा गरिएको हो।

सरुवासँगै उपत्यकाका केही वृत्तका प्रमुख र कतिपय जिल्लाका प्रमुख फेरिएका छन्। महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगुम कुँवरको केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा भएको छ भने उनको ठाउँमा अपिलराज बोहरालाई पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखमा अनुपम श्रेष्ठको सरुवा भएको छ। सल्यानको प्रहरी प्रमुखका रुपमा डिएसपी गोविन्द थापालाई पठाइएको छ। त्यस्तै चक्रबहादुर शाहलाई कालिकोट र चित्रप्रसाद भट्टराईलाई मुगुको प्रहरी प्रमुखमा पठाइएको छ।

हेर्नुस् सरुवा सूची

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।