राजसंस्था पुनःस्थापना नभए अप्रिय दुर्घटना हुनेछ : कमल थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र तथा राजसंस्थाको पुनःस्थापनाको मागप्रति जनताको बलियो समर्थन रहेको दाबी गरेका छन्। सोमबार (आज) बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले हालै फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको ठूलो भीडलाई आधार मानेर यस्तो निष्कर्ष निकालेको हो।

बैठकले फागुन २५ मा काठमाडौंमा आयोजित जनप्रदर्शनलाई ऐतिहासिक ठहर गर्दै यसलाई जनताको आवाजको रूपमा सम्बोधन गर्न आग्रह गरेको छ। साथै, यदि जनभावना दबाउने प्रयास गरिएमा परिस्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी समेत दिएको छ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको चाहना र भावनालाई दमन गर्ने वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रणभन्दा बाहिर जानेछ तथा अप्रिय दुर्घटना हुनसक्छ। यसतर्फ सचेत रहन सबै राजनीतिक दलहरूलाई राप्रपा नेपाल आग्रह गर्दछ।’

राप्रपा नेपालले हिन्दुराष्ट्र पुनःस्थापना, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी तथा भ्रष्टाचार अन्त्यलाई जनताको चाहनाका रूपमा व्याख्या गरेको छ। बैठकले सबै राष्ट्रवादी शक्तिहरूलाई एकजुट भई ‘सर्वपक्षीय आन्दोलनको मोर्चा’ गठन गर्न तथा जनआन्दोलन घोषणा गर्न अपिल समेत गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।