चैत १९ देखि हकप्रद सेयर बिक्री गर्दै दोर्दी खोला जलविद्युत्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले चैत १९ गतेदेखि हकप्रद सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याउने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउन लागेको हो ।

कम्पनीको हकप्रद सेयरमा वैशाख ८ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटल, सानिमा बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सीआस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरूका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर प्रयोजनार्थ फागुन १५ गते बुकक्लोज गरेको थियो। सो अनुसार फागुन १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको समयमै दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।

कम्पनीले हकप्रदबाट पप्त रकम बैंकको ऋण तिर्न प्रयोग गर्ने जनाएको छ । हाल १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।