संसद्‌मा तोसिमाको प्रश्न- पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न किन नसक्ने?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सिफारिसको एक नम्बरमा रहेकी डा संगिता कौसललाई स्वास्थ्य मन्त्रालयको सचिव किन नबनाएको भन्दै प्रश्न गरेकी छिन्।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले सो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग जवाफ मागेकी छिन्। 

उनले भनिन्,  ‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो, कि महिला नेतृत्व स्वीकार नगरेको हो। प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलाई यो संसद्ले जवाफ माग गर्नुपर्छ। म यसको जवाफ गर्छु।’ 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।