सरकारले तोक्यो चैते धानको समर्थन मूल्य,यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ।

फागनु २१ गते बसेको मन्त्रिपरिषद् बैठकले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८००.६९ रुपैयाँ तोक्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्का निर्णय अनुसार, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २०० ग्रामको दरले तौल घटाएर, कायम हुने तौलको आधारमा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय पनि गरिएको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस निर्णयको जानकारी दिएका छन्।

यसैबीच, मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट किन नहटाउने भन्ने बारे तीन दिनभित्र सफाइ पेश गर्न मौका दिइएको र यसका लागि ऊर्जा मन्त्रालयलाई पत्राचार गर्न अनुमति दिएको छ।

त्यसैगरी, मन्त्रिपरिषद्ले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई बढुवा गर्ने निर्णय पनि गरेको छ।

यसको अलावा, मन्त्रिपरिषद्ले अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ, जसको कार्यान्वयनको प्रक्रिया चालू रहने छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।