प्याब्सनको सोह्रौ महाधिवेशन फागुन २६ र २७ मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को सोह्रौ राष्ट्रिय महाधिवेशन यही फागुन २६ र २७ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

महाधिवेशनमा देशभरका दुई हजार पाँच सयभन्दा बढी निजी तथा आवासीय विद्यालयका प्रतिनिधि सहभागी हुनेछन्। 

महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने अध्यक्ष डीके ढुङ्गानाले जानकारी दिए । उनले महाधिवेशनमा निजी विद्यालयसँग जोडिएका नीतिगत एवं  समसामयिक विषयमा छलफल हुने बताए। 

महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको समेत अध्यक्ष ढुंगानाले बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।