स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा आज विद्यार्थी संगठन दर्ता गरिँदै(तालिकासहित )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थीले देशभरिका क्याम्पसमा संगठन दर्ता गराउँँदै छन् ।

बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी संगठनले आ–आफ्नो संगठन दर्ता गराउनुपर्नेछ ।

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, फागुन २१ गते मतदाता सूची प्रकाशित गरिनेछ। फागुन २५ गतेसम्म मतदाता सूची उपर दाबी विरोध गर्न सकिनेछ। सोही दिन दाबी विरोधको छानबिन गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

फागुन २६ गते उम्मेदवारका लागि मनोनयनपत्र वितरण गरिनेछ भने प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फका उम्मेदवारको मनोनयन पत्र दाखिला फागुन २७ गतेसम्म गर्न सकिनेछ। सोही दिन उम्मेदवारको नामावली प्रकाशित गरिनेछ।

फागुन २८ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्न सकिनेछ भने फागुन २९ गते उम्मेदवारी फिर्ता लिने अन्तिम समय निर्धारण गरिएको छ। सोही दिन अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ।

त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार, मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। स्ववियु निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन विश्वविद्यालय प्रशासन तथा सम्बन्धित निकायहरू तयारीमा जुटेका छन्।

यस्तो छ निर्वाचन तालिका 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।