टोखामा गोली हानेर प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गर्दै फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो। जसबाट पटेल घाइते भएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पटेल साढे दुई वर्षअघि जोरपाटीमा गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर हुन्। उनलाई नियन्त्रणमा लिन डिएसपीको कमाण्डमा खटिएको प्रहरी टोलीले टोखामा अपरेसन चलाएको थियो।

 प्रहरीका अनुसार पक्राउको क्रममा भाग्न खोजेपछि प्रहरीले खुट्टामा गोली प्रहार गरेको थियो। 

२०७९ असोज ३ गते भक्तपुरको गोठाटारमा मोहम्मदको हत्या भएको थियो। दुई जना सुटरले मोहम्मदलाई कपडा प्याक गर्ने प्लास्टिक लिएर जोरपाटीबाट फर्कने क्रममा गोली प्रहार गरी हत्या गरेका थिए।

घटनामा संलग्न मुख्य अभियुक्तको रूपमा पटेलको पहिचान भएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो। प्रहरीले अहिले पटेललाई उपचारका लागि अस्पताल पुर्‍याएको छ भने घटनाका थप अनुसन्धान जारी रहेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।