यी हुन् एमाले सचिवालय बैठकका निर्णयहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले आठ बुँदे निर्णय गरेको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकले जनसंगठन समन्वयसम्बन्धी निर्देशिकामा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ। जनसंगठन समन्वय संयन्त्रको प्रस्तावअनुसार जनसंगठनको केन्द्रीय कमिटीको अधिकतम संख्या क्रमशः १५० र ९९ मा सीमित गरिनेछ। यस्तै, जनसंगठनका हालका अधिकतम १७ पदाधिकारीहरूको संख्या घटाई ९ मा सीमित गरिनेछ। अध्यक्ष र महासचिवका अतिरिक्त उपाध्यक्ष (महिला सहित) २, उपमहासचिव १, तथा संगठन, प्रचार, विदेश र कोषको जिम्मेवारी तोकेर सचिव (कोषाध्यक्ष भएमा सो सहित) को संख्या ४ मा सीमित गरिने निर्णय भएको छ।

स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षहरूको कार्यशाला आगामी चैत महिनाभित्र सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ। यसै क्रममा, केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे (लमजुङ) र स्थानीय विकास विभाग सचिवमा नवराज गेलाल (भक्तपुर) लाई मनोनयन गरिएको छ।

पार्टीको ७६औं स्थापना दिवस अप्रिल २२ (बैशाख ९, २०८२) मा भव्य रूपमा मनाउने निर्णय पनि बैठकले गरेको छ। यसका लागि आवश्यक तयारी अघि बढाइने जनाइएको छ।

बैठकले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा मनोनयनका लागि आएका नामहरू अनुमोदन गरेको छ। मनोनयन हुनेहरूमा जयन्त स्वार (अछाम), रामबहादुर बुढा (अछाम), नन्दसिंह कठायत (अछाम) र अमर विक (अछाम) रहेका छन्।

यस्तै, बैठकले विभिन्न शोक प्रस्तावहरू पनि पारित गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

प्रेस विज्ञप्ति

नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४५औं बैठक पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्यो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमरेडले सचिवालयको ४४औं बैठकयता विकसित भएका समसामयिक राजनीतिक विषय तथा सरकारका कामका बारेमा जानकारी गराउनुभयो ।

बैठकले देहायबमोजिमको निर्णय गरेको छः 

१.     जनसङ्गठन समन्वय सम्बन्धी निर्देशिकामा संशोधनका सम्बन्धमा

        जनसङ्गठन समन्वय संयन्त्रले प्रस्ताव गरे बमोजिम जनसङ्गठनको केन्द्रीय कमिटीको अधिकतम सङ्ख्या क्रमशः १५० र ९९ मा सीमित गर्ने, जनसङ्गठनको हालको अधिकतम् १७ पदाधिकारीहरूको सङ्ख्या घटाई ९ मा सीमित गर्ने । अध्यक्ष र महासचिवका अतिरिक्त उपाध्यक्ष महिला सहित २, उपमहासचिव १ र संगठन– प्रचार– विदेश र कोषको जिम्मेवारी तोकेरै सचिव 

(कोषध्यक्ष भएमा सो सहित)को सङ्ख्या ४ मा सीमित गर्ने,

    संयन्त्रमा संरचनागत रुपमा सचिव राख्न उपयुक्त नहुने तर प्रमुखले आवश्यकताका आधारमा सचिवको जिम्मेवारी तोक्न सक्ने ।

    केन्द्रमा सचिवालय र केन्द्रीय कमिटीका बीचमा अन्य कुनै तह नराख्ने ।

२.     स्थानीय तहका प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षहरूको कार्यशाला आगामी चैतमहिनाभित्र सम्पन्न गर्ने । 

३.     विभागमा सचिवहरूको पदपूर्ति सम्बन्धमा 

        केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे (लमजुङ) र स्थानीय विकास विभाग सचिवमा नवराज गेलाल (भक्तपुर)लाई मनोनयन गरिएको छ ।

४.     पार्टीको स्थापना दिवस

अप्रिल २२ (बैशाख ९, २०८२) पार्टीको ७६औं स्थापना दिवस भव्य रूपमा मनाउने । 

५.     मनोनयन 

सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा मनोनयनका लागि आएका नामहरू अनुमोदन गरिएको छ । सो अनुसार, जयन्त स्वार (अछाम) रामबहादुर बुढा (अछाम), नन्दसिंह कठायत (अछाम) र अमर विक (अछाम) प्रदेश कमिटी सदस्य मनोनयन हुनुभएको छ ।  

८. शोक प्रस्ताव 

    क) नेकपा (एमाले) केन्द्रीय उपाध्यक्ष कमरेड युवराज ज्ञवाली, केन्द्रीय सदस्य कमरेड लक्ष्मण ज्ञवाली एवं पूर्व सांसद रामकुमार ज्ञवालीका दाजु एवं पार्टीका प्रतिबद्ध योद्धा कमरेड फणिन्द्र ज्ञवालीको यही फागुन १० गते ७६ वर्षको उमेरमा भएको निधनबाट पार्टी दुखित भएको छ । २००५ सालमा रुरुक्षेत्र–१, भड्कुवा गुल्मीमा जन्मिनुभएका कमरेड फणिन्द्र ज्ञवाली २०२६ सालदेखि कम्युनिष्ट आन्दोलनमा आबद्ध हुनुभएको थियो । उहाँ पार्टीका असल आश्रयदाता, तीन पटकसम्म वडा अध्यक्षमा निर्वाचित लोकप्रिय जनप्रतिनिधि र निष्ठावान कार्यकर्ता हुनुहुन्थ्यो । दुःखको यस घडीमा केन्द्रीय सचिवालय कमरेड फणिन्द्र ज्ञवालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उपाध्यक्ष कमरेड युवराज ज्ञवाली सहित उहाँका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । 

  ख) नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कमरेड केशव बडालकी जीवनसँगिनी कमरेड शान्ति बडालको हालै भएको असामयिक निधनबाट पार्टी दुखित भएको छ । कमरेड केशव बडालको राजनीतिक यात्रा अगाडि बढाउनका लागि स्व. शान्ति बडालको अत्यन्त महत्वपूर्ण भूमिका रहेको थियो । उहाँले पार्टीलाई हरेक चुनौतीपूर्ण अवस्थामा निरन्तर साथसहयोग पु¥याउँदै आउनु भएको थियो । दुःखको यस घडीमा केन्द्रीय सचिवालय कमरेड शान्ति बडालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र पत्नी वियोगमा पर्नुभएका कमरेड केशव बडाल सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।   

राजेन्द्र गौतम

प्रमुख

प्रचार तथा प्रकाशन विभाग

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।