काठमाडौं । बिमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्य सिलवाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।
न्यायाधीशहरु तेज नारायण सिंह राई, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाइ दिने फैसला गरेको हो।
सिलवालविरुद्ध अख्तियारले गत मंसिर २४ झुटा विवरण पेश गरेर नियुक्ति लिएको र नागरिकता किर्ते गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धानले मुद्दा दर्ता गरेको थियो ।
सिलवाल १९ माघ २०७७ मा बिमा समितिको अध्यक्षमा नियुक्त भएका थिए ।

Comment