फागुन १७ गते शनिबार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग  

काठमाडौं । २०८१ फागुन १७ गते, शनिवार, मार्च १, २०२५। फाल्गुण शुक्ल पक्ष द्वितीया तिथि। पूर्वभाद्रपदा नक्षत्र १३ः४१ बजेपछि उत्तरभाद्रपदा। चन्द्रराशि कुम्भ, ८ः०२ बजेपछि मीन।

आजको राशिफल

मेष : दिन सामान्य छ। सोचेका काम बन्नेछन्। सम्पत्ति आर्जन भए पनि इज्जतमा दाग लाग्ने जोखिम छ। खर्च गर्ने बानीले घाटा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा घाटा हुने भएकाले सचेत भएर अगाडि बढ्नुपर्नेछ।

वृष : दिन राम्रो छ। साथीको सहयोग मिल्नेछ। आम्दानीका स्रोत धेरै भएकाले पहिचान गर्नुपर्ने समय आएको छ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : भाग्य स्थानमा चन्द्रमा पुगेकाले दिन राम्रो छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा चासो बढ्नेछ। जग्गाको कारोबारमा फाइदा हुनेछ।

कर्कट : शुभ ग्रहको बहुमत रहेकाले सोचेका काम बन्नेछन्। सम्पत्ति आर्जन हुनेछ। यात्रामा हुनुहुन्छ भने पश्चिम नजानु उचित हुन्छ। पिपललाई दाहिने पारेर अगाडि बढ्नु फाइदाजनक हुनेछ।

सिंह : दिन सामान्य छ। हरेक काममा अवरोध सिर्जना हुनेछ। सम्पत्तिमा फाइदा भए पनि इज्जतमा दाग लाग्ने सम्भावना छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। अभिभावकको सुझाव अनुसार अगाडि बढ्नुपर्ने दिन छ।

कन्या : परिवारको साथमा दिन रमाइलो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। मनका सबै रहर पूरा गर्न कठिन हुने देखिन्छ। संकटमा साथीको साथ मिल्नेछ।

तुला : विवादास्पद कामले गर्दा विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ। विपक्षी साथी सक्रिय रहेकाले तपाईं शान्त बन्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्न सकेमा प्रगति हुनेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। ठुलो कामको सुरुवात गर्ने समय आएको छ। काम गर्नु अगाडि परिवारसँग सल्लाह गरेमा दैनिकी सहज बन्नेछ। औषधी नियमित नहुँदा रोग बढ्ने जोखिम छ।

धनु : दिन सामान्य छ। साना कुराले मन अशान्त बन्नसक्छ। स्वास्थ्यमा समस्या हुँदा मानसिक तनाव बढ्नेछ। एकल निर्णय भन्दा सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ। परिवारमा कर्तव्य मात्र पूरा गर्नु उचित हुनेछ।

मकर : दिन सहज छ। शुभग्रहको बहुमत रहेकाले स्वास्थ्यमा सुधार हुनेछ। बौद्धिक व्यक्तिको साथ मिल्नेछ। सल्लाह गरेर अगाडि बढेमा फाइदा हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। साथीको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ। शिक्षामा देखिएको झुकाबले फाइदा हुनेछ। औषधी नियमित गर्न नसक्दा पुरानो रोगले सताउने जोखिम छ।

मीन : तपाईंको राशिमा चन्द्रमा पुगेकाले हरेक क्षेत्रमा बोलीको प्रभाव पर्नेछ। एकल निर्णय भन्दा सहकार्य गर्दा फाइदा हुनेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।