ट्रम्पको अभिव्यक्तिप्रति सरकारको धारणा माग गर्दै माओवादीको दबाब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीमगरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेपालबारे अभिव्यक्तिप्रति सरकारको स्पष्ट धारणा आउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अमेरिकी सहयोग एकतर्फी रूपमा स्थगित गर्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै सरकार मौन बस्न नहुने बताए।

“नेपाल र अमेरिकाबीचका सम्झौताअनुसार लागू भएका कार्यक्रमहरू रोक्नु र ‘फ्रड’ भन्नु गम्भीर विषय हो। यसबारे सरकार स्पष्ट रूपमा बोल्न जरुरी छ,” उनले भने।

सांसद घर्तीमगरले अमेरिकी सहयोग परियोजनाहरूको छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने माग समेत गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।