सरकारलाई देवेन्द्र पौडेलको प्रश्न – कुलमानको के गल्ती छ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत महशुल नतिर्नेहरूको नभई तिर्नेहरूको लाइन काट्न निर्देशन दिएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले ऊर्जामन्त्रीको आलोचना गरेकै कारण दुधकोसी जलविद्युत आयोजनाका सिईओ विमल गुरुङमाथि कारबाही गरिएको दाबी पनि गरे।

‘कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानजस्तै ऊर्जा मन्त्रालयमा के भइरहेको छ? दुधकोसी जलविद्युत आयोजनाका सिईओ विमल गुरुङलाई मन्त्रीको आलोचना गरेको भन्दै कारबाही गरिएको हो?’ उनले प्रश्न गरे।

सांसद पौडेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने हल्ला चलाएको भन्दै असन्तोष व्यक्त गरे। ‘कुलमान घिसिङलाई बेलुका हटाइन्छ, भोलि हटाइन्छ भन्ने हल्ला सुनिन्छ। उनले उज्यालो नेपाल बनाएर के गल्ती गरे?’ पौडेलले भने।

उनले कुलमान घिसिङको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणलाई घाटाबाट नाफामा पुर्‍याइएको र यस्तो सफल नेतृत्वलाई हटाउने प्रयास गरिएकोप्रति आपत्ति जनाए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।