डाक्टरहरू फुटसल खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पिपल्स डेन्टल कलेज र अस्पतालले फागुन १४ गते रिभरफिल्ड फुटसल ग्राउण्डमा इन्टर ब्याच फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। कलेजका संस्थापक तीर्थरत्न बज्राचार्यको सम्झनामा ८ औं “तीर्थरत्न फुटसल टुर्नामेन्ट” गरिन लागिएको हो।

यस प्रतियोगितामा बिडीएस (BDS) प्रथम वर्षदेखि स्नातकोत्तर (PG) सम्म अध्ययनरत विद्यार्थी, अस्पतालका डाक्टरहरू, स्टाफ तथा कन्सल्टेन्ट डाक्टरहरूको सहभागिता रहनेछ। आयोजकका अनुसार पढाइसँगै खेलकुदमा पनि सक्रिय सहभागिता जनाउँदा शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सकिन्छ भन्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितालाई सफल बनाउन विभिन्न संस्था र कम्पनीहरूले सहयोग प्रदान गरेका छन्। प्रायोजकहरूको रूपमा मेडिप्लस नेपाल, गर्ग डेन्टल सप्लायर्स, यूनाइटेड डेन्टल केयर प्रा.लि., एसियन फार्मास्युटिकल, डेन्टोमेड सोलुसन्स नेपाल, ग्लोबल हस्पिटल, इन्टिग्रेटेड हेल्थ केयर, ओमी डेन्टल क्लिनिक र देउराली जनता फार्मास्युटिकल रहेका छन्।

आयोजक समितिमा डा. सुरज पाण्डे, डा. राजु राज शाक्य, डा. रोजन जङ्ग बस्नेत लगायत इन्टर्न डाक्टरहरू सक्रिय रूपमा संलग्न छन्। उनीहरूले प्रतियोगिता सफल बनाउन आफ्नो भूमिकाअनुसार जिम्मेवारी निर्वाह गरिरहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।