ट्रम्पलाई मेन्सन गर्दै बालेन सामाजिक सञ्जालमा लेख्छन्ः डिभी भिसा बन्द गर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन्। नेपालमा अमेरिकाले गरेको सहयोगलाई ट्रम्पले “ठगी” भनेपछि शाहले यस्तो प्रतिक्रिया दिएका हुन्।

मेयर शाहले आफ्नो सामाजिक सञ्जाल पोष्टमा लेखेका छन्, “हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो भएको आभास गराइदिनु भएकोमा धन्यवाद। हाम्रा मान्छेले देश छाडी रहेका कारण नै हामी गरिब भएका हौँ।”

उनले थप लेखेका छन्, “तपाईंहरू गरिब हो किनकि तपाईंका अल्छी नागरिकले आफ्नो देश बनाउन सकेनन्। यस कारण तपाईंहरूलाई यसका लागि संसारका मानिसको आवश्यकता परेको हो।”

शाहले आफ्नो पोष्टमा डिभी भिसा बन्द गर्न अनुरोध गरेका छन् र “बाँकी संसारलाई प्रतिबन्ध लगाउँदै अघि बढ्ने मौका दिनुपर्ने” विचार पनि व्यक्त गरेका छन्।

यो प्रतिक्रिया अमेरिकी नेतृत्वले विदेशी सहायता र डिभी भिसा जस्ता विषयहरूमा गरेका टिप्पणीहरूपछि आएको हो। शाहको यो पोष्टले सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।