टोरन्टोमा अवतरणका क्रममा विमान पल्टियो, आगो निभाएर ८० यात्रुको उद्धार, ३ गम्भीर घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिदा कम्तिमा ३ जना घाइते भएका छन् । घााइते तीनै जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार मिनेसोटाबाट डेल्टा उडानमा सवार सबै ८० जनाको उद्धार भएको छ । विमान पल्टिएपछि अग्नि नियन्त्रकद्वारा आगो निभाइएको थियो भने आगो लाग्दै गर्दा यात्रुहरु बाहिर निस्किरहेको देखिएको थियो ।  

क्यानेडियन यातायातमन्त्री अनीता आनन्दले यो गम्भीर घटनालाई आफुहरुले नजिकबाट निकायालिरहेको बताएकी छन् । दुर्घटनास्थलबारे थप विवरण आउन बाँकी भए पनि अधिकांश यात्रु सुरक्षित रहेको उनले जानकारी दिएकी छन् ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।