काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा आइतबार ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा ग्लोबल आइएमईको ५.५ प्रतिशत (१ करोड ९८ लाख ७० हजार ८२३.६३ कित्ता) र छिमेक लघुवित्तको ८ प्रतिशत (२३ लाख ८१ हजार ७३७.६८ कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।
दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।
Comment