ट्रष्ट माइक्रो इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन प्रक्रिया अघि बढाएको छ ।

कम्पनीले आइपीओ निष्काशनका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्ष्मर गरे ।

कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।

न्यून आय भएका एवं पीछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई यस ट्रष्ट माइक्रो इन्स्योरेन्स २०८० कात्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र पाई चैत १२ गतेदेखि बीमा व्यवासाय संचालन गर्दै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।