सिमेन्टको अचाक्ली मूल्य वृद्धि विरुद्ध सर्वोच्चमा रिट दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिमेन्टको मूल्य अचाक्ली वृद्धि गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मंगलबार माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उनले नेपाल सरकारका गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल सिमेन्ट उत्पादक संघलाई विपक्षी बनाएर मुद्दा हालेका हुन् ।

उनले यसअघि माघ १५ गते नै रिट दायर गर्न खाेजे पनि सर्वोच्चले अस्वीकार गरेको थियो । आज भने सर्वोच्चले रिट दर्ता गरेको हो । यो रिटको आज नै पेसी तोकिएको छ ।

उनले डेढ महिनामै सिमेन्टमा प्रतिबोरा १५८ रुपैयाँ मूल्य वृद्धि गरिएको भन्दै रिट दायर गरेका हुन् । गत कात्तिक १ गते उद्योगहरूले ओपीसी सिमेन्टको करसहित प्रतिबोरा ४७२ रुपैयाँमा बेच्ने गरेकोमा मंसिर १७ गतेसम्म बढाएर ६३० रुपैयाँ पुर्याइएको रिटमा दाबी गरिएको छ ।

रिटमा कच्चा पदार्थको अभाव देखाएर उद्योगीले सरकारको मिलेमतोमा अचाकली मूल्यवृद्धि गरी कालोबजारी गरेको दाबी गरिएकाे छ । ‘सिमेन्ट दैनिक रुपमा हरेक प्रकारका निर्माण कार्यमा प्रयोग हुने अत्यावश्यक वस्तु हो, यसमा हालै देखि देखापरेको कृत्रिम अभाव, कालोबजारी, उद्योगहरूको मनलाग्दी सिन्डिकेटलाई नरोक्दा यसले सबै काम कुरालाई प्रभावित पार्दछ,’ रिटमा भनिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।