बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं   आज २०८१ साल माघ ३० गते बुधबार सन् २०२५ फेब्रुअरी १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार लगातार बढिरहेको अमेरिकी डलर बुधबार घटेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रुपियाँ २७ पैसा कायम थियो भने बुधबार अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ६३ पैसा र बिक्री दर १३९ रुपियाँ २३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपियाँ २ पैसा र बिक्री दर १४३ रुपियाँ ६४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपियाँ४० पैसा र बिक्री दर १७२ रुपियाँ१४ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३८ रुपियाँ २ पैसा र बिक्री दर ३८ रुपियाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।