शान्दार म:म ग्यास विस्फोट : घाइतेमध्ये २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँको कमलपोखरीस्थित शानदार म:म पसलमा ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते भएका दुई जनाको सोमबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अन्य घाइतेहरूको कीर्तिपुर बर्न अस्पतालमा सपचार भइरहेको छ।

गत बिहीबार बिहान ८ बजेर ४२ मिनेटमा सानदार म:म पसलमा ग्यास सिलिण्डर विष्फोट भएको थियो । उक्त विस्फोटमा सोही पसलमा काम गर्ने ११ जना कामदारहरू घाइते भएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।